शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अपडेट : सहकारी ठगीको आरोपमा  इच्छाराज तामाङसहित १२  पक्राउ

मङ्गलबार, १९ असोज २०७८, २० : ५३
मङ्गलबार, १९ असोज २०७८

सञ्चालक तथा कर्मचारी मिलेर सहकारी ठगी गरेको पाइएको छ । पक्राउ पर्नेमा सिभिल बैंकका अध्यक्ष  इच्छाराज तामाङसहित १२ जना रहेका छन् ।     नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) का अनुसार सहकारी ठगी गरेको आरोपमा प्रहरीले सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वकर्मचारीसहित विभिन्न पदमा कार्यरत १२ जनालाई पक्राउ गरेको हो । उनीहरुले सहकारीमा जम्मा भएको रकममा ठगी गरेको पाएइएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । 

पक्राउ पर्नेमा सहकारीका तत्कालीन पूर्वअध्यक्ष इच्छाराज तामाङसहित हालका सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक सहजकर्ता भगवानबहादुर सिंह, जुनियर असिष्टेन्ट म्यानेजर मायोनानी महर्जन र एलिना तुलाधर रहेका छन् ।

    यस्तै जुनियर अधिकृत शङ्करप्रसाद पाठक, असिसटेन्ट सङ्गीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर साहयक प्रबन्धक बुद्धराज तामाङ र कौस्तुभकेतन ढुङ्गाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, पूर्वलेखा समिति सदस्य हरिहर लामिछानेलाई पनि पक्राउ परेका छन् । 
 
उक्त सहकारीका सदस्यले बचत तथा मुद्दती खातामा जम्मा भएको रकम निकाल्न पटकपटक ताकेता गर्दा उपलब्ध नगराई ठगी गरेको अनुसन्धानमा खुलेको छ । 
बचतकर्ताकोती खातामा रहेको कूल रु ७० करोड ८७ लाख १३ हजार ८३१ सङ्गठितरुपमा सहकारी ठगी गरेको अभियोगमा प्रहरीले मुद्दा अघि बढाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप