शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

मङ्गलबार, १९ असोज २०७८, २० : १०
मङ्गलबार, १९ असोज २०७८

बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार दिउँसो १२ः५० बजे घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरेका बोटेको शव फेला परेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप