आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बलि प्रथाको विरोधमा प्रदर्शन

मङ्गलबार, १९ असोज २०७८, १९ : ५८
मङ्गलबार, १९ असोज २०७८

दसैँ नजिकिँदै गर्दा जनकपुरधाममा बलि प्रथाको विरोधमा प्रदर्शन भएको छ । दसैँ लगायतका विभिन्न चाडपर्वमा हुने पशु बलि रोक्न दबाब दिँदै ब्रम्हा कविर उपासक समाज धनुषाले मंगलबार जनकपुरधाममा प्रदर्शन गरेको हो । संयोजक शिवकुमार महतोका अनुसार ब्रम्हा कविर उपासक समाज धनुषाले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई बलि बन्द गर्न ज्ञापनपत्र समेत बुझाएको छ । सन्त रामपालजी महाराजका अनुयायीहरुले जनकपुरको पगलाबाबा धर्मशालाबाट निकालेको ¥यालीले नगर परिक्रमा गरेको थियो ।

समाजका संयोजक महतोले बलिप्रथा रोक्न मागसँगै समाजिक जागरणका निम्ति दबाबस्वरुप ¥याली निकालेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप