शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुकुम्बासीद्वारा मुख्यमन्त्री कार्यालय घेराउ

मङ्गलबार, १९ असोज २०७८, १९ : ५५
मङ्गलबार, १९ असोज २०७८


सुकुम्बासीले प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना दिएका छन् । आफूहरुको जग्गा गैर सुकुम्बासीले अतिक्रमण गरेको भन्दै उनीहरुले धर्ना दिएका हुन् । मंगलबार जनकपुरधाममा प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिँदै सुकुम्बासीले आफ्नो जग्गा उपलब्ध गराई दिन प्रदेश सरकारसँग माग गरेका छन् ।

२०५४ सालदेखि हालसम्म सुकुमबासी आयोगद्वारा सुकुम्बासीलाई वितरण गरिएको जग्गाको लालपुर्जा छानबिन गरी गैर सुकुम्बासीको नाम रहेका जग्गाको लालपुर्जा बदर गरी सक्कली सुकुम्बासीलाई दिन माग उनीहरुले गरेका छन् । चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले सरकारले सुकुम्बासीलाई दिएको जग्गाको लालपुर्जा गैर सुकुम्बासीले पाएको भन्दै सो जग्गा तत्काल सुकुम्बासीलाई फर्काउनुपर्ने बताए । उनले सरकारले सुकुम्बासीको जग्गाको लालपुर्जा गैर सुकुम्बासीले कसरी पाए भन्नेसमेत छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप