श्याम खत्री : जेल बस्दाबस्दै एसएसपी दर्जाबाट अवकाश पाए, ३ वर्षपछि निर्दोष
अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करसँग मिलेको आरोप लागेका एसएसपी श्याम बहादुर खत्री दुईपटक पक्राउ परे । २०७३ माघ २३ मा ३४ किलो सुन र २०७५ जेठमा ३३ किलो सुन प्रकरणमा उनी मुछिए । पहिलो मुद्दाबाट सफाइ पाएर जागिरमा फेरि फर्किएका खत्रीले दोस्रो पटक भने जेलमै अवकाश पाए । केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको पिंगलास्थानबाट बरामद गरेको सुनमा नाम जोडिएपछि उनी २०७३ माघमा पक्राउ परेका थिए ।
सो मुद्दामा साधारण तारेखमा छुटेपछि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका खत्रीको नाम फेरि चूडामणि उप्रेती ‘गोरे’ले ल्याएको ३३ किलोमा जोडियो । दोस्रोपटक २०७५ जेठमा उनले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । सुनसरीस्थित झुम्का कारागारमा ३ वर्ष बस्दा खत्रीले त्यहिँ अवकाश पाए। जेल चलान हुँदा उनी डीआईजी बन्ने लाइनमा थिए ।
सोमबार मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले तस्करीको प्रमाण नपुगेको ठहर गर्दै खत्री सहित ३३ किलो सुनमा जोडिएका सवै प्रहरी अधिकृतलाई दिएका छन् । न्यायाधीश लम्सालले सनम शाक्य हत्या मुद्दामा ८ जनालाई कैद सजाय हुने फैसला सुनाएका छन् ।
जागिरमा रहँदा जेल गएका खत्रीले जेलमा अवकाश मात्रै पाएनन्, ३ वर्ष जेल बसेपछि उनि निर्दोष ठहरिएका छन् । श्याम खत्रीसँगै जेलमा थिए डिएसपी सञ्जय राउत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोष्टिङ भएका कारण तस्कर समूहलाई सहयोग गरेको आरोप लागेका राउत पनि ३ वर्ष थुनामा बसेपछि निर्दोष ठहरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ता कार्यालयको तीन निर्णय विवादमा
-
कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
-
ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई फिर्ता पठाउन किन सैन्य विमान प्रयोग गरिरहेको छ ?
-
संघीयताको लाभ सबैभन्दा धेरै दुर्गम क्षेत्रहरूले लिएका छन् : वर्षमान पुन
-
राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा
-
सांसदहरूको निचोड : अस्तव्यस्त देखियो, धेरै ठाउँका छोटी भन्सार बन्द गर्नुपर्छ