बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कोका–कोला नेपालको पहिलो सस्टेनेबिलिटी हाइलाट्स रिपोर्ट सार्वजनिक,‘वर्ल्ड वीथ आउट वेस्ट’ अभियानमा दृढ

मङ्गलबार, १९ असोज २०७८, १८ : ५५
मङ्गलबार, १९ असोज २०७८

काठमाडौं । कोका–कोला नेपालले पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ । यस रिपोर्टले सन् २०२० को दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यको लागि कम्पनीको प्रयासहरूलाई स्पष्ट रुपमा ल्याएको छ । 

रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ, कार्बन कटौती, कोभिड १९को बेलाको प्रतिक्रिया सहित संस्थाका कर्मचारीहरुलाई फाइदा पुर्याएको जनाएको छ । जसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरु सामेल रहेका छन् । 

कोका–कोलाले संयुक्त राष्ट्रसँगको १७ वटा दिगो विकास लक्ष्यहरुलाई आफ्नो मुख्य रणनीतिमा एकीकृत गराएको छ । नेपालमा कोका–कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कोका–कोलाको प्रणालीले व्यापार बृद्धि गर्नको लागि दिगो पनलाई एक सर्तको रुपमा लिएको बताए ।

पानी भनेको कोका–कोलाको व्यापार र यसको समुदायहरुको स्वास्थ्यको दीर्घकालीन सफलताको लागी केन्द्रित रहेको कम्पनीले जनाएको छ ।

नेपालमा कोका–कोलाले २०० प्रतिशत भन्दा बढी पानी पुनर्भरणको क्षमता हासिल गरेको छ जसमा रेन वाटर हार्वेस्टिङ, ग्राउन्ड वाटर रिचार्ज र वाटर एड र स्मार्ट पानीसँगको वाटरशेड पुनःस्थापना साझेदारी जस्ता परियोजनाहरु रहेका छन् । यसको अर्थ कोका–कोलाले पेय पदार्थको उत्पादनमा प्रयोग हुने पानीको प्रत्येक थोपाको लागि नेपाल भरिका समुदायहरूलाई दोब्बर पानी फिर्ता दिने जनाएको हो ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले कोका–कोलाको दिगो व्यापार प्राथमिकताहरुलाई कायम राख्दै नेपालको प्राकृतिक रिसोर्सेजहरुमा रहेको प्रभावलाई कम गर्नको लागि काम गरेको बताए । 

कोका–कोलाले विश्वव्यापी रूपमा ‘वर्ल्ड वीथ आउट वेस्ट’ अभियानको  घोषणा गरेको थियो जसको उद्देश्य सन् २०३० सम्ममा बेचिएका सबै बराबरको बोतल र डिब्बाहरूलाई संकलन र रिसाइक्लिङ गर्ने रहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप