शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हल खुल्नेबित्तिकै रिलिज हुने फिल्मलाई बोर्डले सहयोग गर्ने, राहत प्याकेजको घोषणा

मङ्गलबार, १९ असोज २०७८, १८ : ४६
मङ्गलबार, १९ असोज २०७८

लामो समयदेखि बन्द रहेको फिल्म हल २१ असोजबाट (घटस्थापना) देखि खुल्दैछन् । सुरुमा अंग्रेजी फिल्म प्रदर्शन गरेर हल खोल्ने तयारी गरिएको छ । मंगलवार चलचित्र विकास बोर्डले एक पत्रकार भेटघाटको कार्यक्रम गर्दै हल खुल्ने र सुरुमा प्रदर्शन हुने नेपाली फिल्मलाई बोर्डले दिने राहतको जानकारी गराएको हो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्मलाई राहत प्याकेजको समेत घोषणा गरे । उनले सर्भर इनकोडिङ, पब्लिसिटी, प्रचार सामाग्री छपाई लगायतको शीर्षकमा ७ लाख बराबरको सहयोग बोर्डले गर्न लागेका जानकारी दिए ।
‘प्रोजेक्ट लोनको विषयमा विभिन्न निकायसम्म कुराकानी भइरहेको छ’ अध्यक्ष दाहालले भने ‘अहिले छायाँंकनमा जाने फिल्मलाई बोर्डले डेढ लाखसम्मको ‘प्रोजेक्ट विमा’ उपलब्ध गराउने गरेको छ ।’ ठूला फिल्मको लगानी सुरक्षित विषयमा बोर्ड गम्भीर रहेको बताएका दाहालले फिल्म क्षेत्र चलायमान गराउन सबैलाई एकजुट हुन आग्रह समेत गरेका थिए ।

कार्यक्रममा नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतले नयाँ चलचित्र रिलिज र निर्मातालाई राहतको बिषयमा आफ्नो धारण राखेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप