मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा ‘कठपुतली’ लाई दुई अवार्ड

मङ्गलबार, १९ असोज २०७८, १८ : २२
मङ्गलबार, १९ असोज २०७८

फिल्म ‘कठपुतली’ ले अमेरिकामा दुई महत्त्वपूर्ण अवार्ड जित्न सफल भएको छ । फिल्मले २३ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म आयोजित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ नामक दुई महत्त्वपूर्ण पुरस्कार हात पारेको हो ।

फेस्टिभलमा यो फिल्म ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिशन’ विधामा छनोट हँुदै सहभागी भएको थियो । हरर विधातर्फ उत्कृष्ट बनेको यो फिल्मले जितेको ‘इन्डी पिक्स अवार्ड’ अमेरिकाको ओटिटि प्लेटफर्ममा आधारित छ । यो अवार्ड जित्नु भनेको ‘इन्डी पिक्स’ नामक ओटिटि प्लेटफर्मले रिलिजको लागि अफर गर्नु हो । उक्त फेस्टिभलमा जम्मा ४  फिल्मले अवार्ड जितेको छ ।

‘कठपुतली’ले अमेरिकामा हात पारेको अवार्डले आफूलाई फिल्म निर्माणमा थप हौसला मिलेको निर्माता पृथ्वी राना मगरले बताए । उनले नेपाली फिल्म अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने आफ्नो सपना पुरा भएको सुनाए ।
गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय रहेको फिल्मका निर्देशक भीमसेन लामा हुन् । सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको फिल्ममा नेपालमा प्रदर्शन आगामी पुस–माघसम्म गर्ने निर्माण युनिटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप