बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

जितेन्द्र रसिकले ल्याए बालकथा सङ्ग्रह ‘गुलेली’

मङ्गलबार, १९ असोज २०७८, १८ : १९
मङ्गलबार, १९ असोज २०७८

साहित्यकार जितेन्द्र रसिकले आफ्नो १२औँ कृतिको रुपमा बालकथा सङ्ग्रह ‘गुलेली’ ल्याएका छन् । गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शिर्षकका ६ कथाहरु रङ्गीन चित्र सहित पुस्तकमा समावेश गरिएको छ ।

शिखा बुक्सले प्रकाशन गरेको बालकथा सङ्ग्रह ‘गुलेली’ च्याप्टर बुक हो । पछिल्लो समय कोभिड महामारीले घरमा थुनिएर बसेका बालबालिका कोभिड महामारी कम हुँदै गएपछि विद्यालय जान थालिसकेकाले ती बालबालिकाका लागि रिफ्रेसमेन्ट राख्न कथा सङ्ग्रह सफल रहने कथाकार रसिकले बताए ।

बालबालिकाका लागि दसैं बिदा लक्षित गरेर बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा ल्याइएको शिखा बुक्सले जनाएको छ । कथाका चित्रहरु प्रज्वल थापामगरको रहेको छ  । कथाको सम्पादन साहित्यकार गोपीकृष्ण ढुंगानाले गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप