सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

न्यादी हाइड्रोपावरको आईपीओमा माग गरेभन्दा १३ गुणा बढीले दिए आवेदन

मङ्गलबार, १९ असोज २०७८, १८ : ०७
मङ्गलबार, १९ असोज २०७८

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने समय सीमा समाप्त भएको छ । कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिने समय सीमा आज मंगलबार साँझ ५ बजे सकिएको हो । 

विक्री प्रबन्धक ग्लोबल आइएमईले दिएको सूचना अनुसार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओ खरिदका लागि २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन लिएका छन् । 

यद्यपि, कम्पनीले भने जम्मा २२ लाख ५० हजार कित्ताका लागि २२ करोड ५० लाख रुपैयाँ मात्र माग गरेको थियो । यो भनेको कम्पनीको आईपीओमा माग गरेभन्दा १३ गुणाभन्दा बढीले आवेदन परेको हो । 
कम्पनीले गत असोज १५ गतेदेखि १९ गतेसम्मका लागि कुल २२ लाख ५० हजार कित्ताका लागि आवेदन माग गरेको थियो । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि जारी गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप