सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

व्यवसायिक फर्महरुले अब विदेशी मुद्रामै ऋण लिन पाउने

मङ्गलबार, १९ असोज २०७८, १८ : ०१
मङ्गलबार, १९ असोज २०७८

विदेशी मुद्रा आम्दानी गरेका नेपाली फर्म, कम्पनी तथा संघ संस्थाहरुले अब चाहेमा विदेशी मुद्रामा नै ऋण लिन पाउने भएका छन् ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भित्र्याउने सम्बन्धमा विदेशी ऋण समेत लिन सकिने व्यवस्था गर्दै व्यवसायिक फर्म तथा कम्पनी, संघ संस्थाहरूका लागि बैंक ग्यारेन्टी वा स्ट्यान्डवाई लेटर अफ क्रेडिट जारी गर्न स्वीकृति गर्ने व्यवस्था गरेसँगै यस्तो बाटो खुलेको हो । 

मंगलबार एक सूचना जारी गर्दै बैंकले विदेशी मुद्रा आर्जन तथा ऋण लिने सम्बन्धमा बैंक स्वीकृति प्रदान गर्न सकिने व्यवस्थाको एकीकृत परिपत्र–२०७६ को एकीकृत इ.प्रा.परिपत्र १४÷२०७६ मा संशोधन गरिएको जनाउदै सोही बमोजिम गर्न÷गराउन सबैमा परिपत्र जारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप