सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

गलैँचा उद्योगका मजदुरहरूद्वारा आन्दोलनको चेतावनी

मङ्गलबार, १९ असोज २०७८, १७ : १५
मङ्गलबार, १९ असोज २०७८

गलैँचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैँचा उद्दोगसम्वद्ध ट्रेड युनियनहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड युनियनहरूले माग पूरा नभए तिहार र छठलगत्तै सडक संघर्षमा उत्रने बताए ।

नेपाल गलैँचा श्रमिक संघका अध्यक्ष सविरमान वि.कले आफूहरुमाथि अन्याय भइरहेको भन्दै अन्तिम विकल्पका रुपमा आन्दोलनमा जाने बताए । 
लगभग ४० देखि ५० को दशकमा नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको गलैँचा उद्योगहरु क्रमिक रुपमा खुम्चिँदै गएको र अहिले तेस्रो स्थानमा पुग्दा आफुलाई दुःख लागेका सुनाए । 
जुट गार्मेन्ट कार्पेट टेक्सटायल मजदुर युनियन नेपालका उप–प्रमुख युवराज जिरेलले अब सडक संघर्षको विकल्प नदेखिएको बताए । 

अखिल नेपाल गलैचा मजदुर संघका अध्यक्ष सोनाम सिं घिसिङलगायतले नेपाल  सरकारले तोकिएको न्युनतम ज्याला कार्यान्वयन नहुनु, श्रमिकलाई मेरो श्रमिक हो भन्ने कुनै आधार प्रमाण नदिनु, परिचय पत्रको व्यवस्था नगर्नु, श्रम ऐन कानुनले दिएको अधिकारबाट बन्चित गराइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप