अदालत घटस्थापनादेखि पूर्णिमासम्म बन्द हुने, बन्दी प्रत्यक्षीकरणको रिट भने हेरिने
सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक सकिएको छ । दसैँ बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोष्टर मिलाउन बसेको बैठकले यसबारे टुंगो लगाएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालत लगायत देशैभरका अदालतहरू घटस्थापनाको दिन अर्थात् असोज २१ गतेदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ३ गतेसम्म विदा हुने निर्णय भएको छ ।
त्यसैगरी विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुङ्गो लगाइएको छ । न्यायाधीशहरुसँग छलफल गरी बार अनुसार न्यायाधीशहरुको टुंगो लगाइएको हो ।
सर्वोच्चको पूर्ण बैठकमा विदा र न्यायाधीश तोक्ने बाहेक प्रधानन्यायाधीशमाथि केन्द्रित भएर आएका समाचारका सम्बन्धमा पनि छलफल हुन सक्ने आकलन गरिए पनि त्यस सम्बन्धमा भने कुनै छलफल नभएको सर्वोच्च स्रोतले रातोपाटीलाई बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन