शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रालयको भागबण्डा मिलेपछि मन्त्री छान्न जुट्यो जसपा

मङ्गलबार, १९ असोज २०७८, १७ : ०७
मङ्गलबार, १९ असोज २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठक सिंहदरबारमा जारी रहेको छ । पाँच दलीय गठबन्धनमा मन्त्रालयको टुंगो लागेपछि जसपा संसदीय दलको बैठक बसेको हो । आजको संसदीय दलको बैठकबाट मन्त्रीको नाम चयन गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ । सो पार्टीका प्रतिनिधिसभा सदस्य प्रमोद साहका अनुसार बैठक भर्खर सुरु भएको छ ।  सरकारमा मन्त्री पठाउने लगायतका विषयमा छलफल भइरहेको उनको भनाइ छ । 

यसअघि दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नपठाउने अडानमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारमा मन्त्री पठाउने विषयमा संसदीय दलमा छलफल गरिरहेका हुन् । गठबन्धनमा मन्त्रालयको बारेमा टुंगो लागेको भनिएपनि कुन–कुन मन्त्रालय पाएको भन्नेबारे थप खुलाइएको छैन। 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप