शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ ‘ग्यालेक्सी एम५२ फाइभजी’ नेपाली बजारमा, मूल्य कति ?

मङ्गलबार, १९ असोज २०७८, १७ : ०४
मङ्गलबार, १९ असोज २०७८

काठमाडौं । सामसुङले नेपाली बजारमा ग्यालेक्सी एम५२ फाइभजी स्मार्ट फोन भित्र्याएको छ । यो फोन सामसुङको शक्तिशाली एम सिरिज अन्तर्गतको नयाँ फोन हो ।

ग्यालेक्सी एम५२ फाइभजी सामसुङको ७.४ एमएमको पातलो डिजाइनमा बजारमा आएको हो । यस फोनमा स्न्याप ड्रागन ७७८जी प्रोसेसर, सुपर एएमओएलईडी प्लस १२० हर्ज डिस्प्ले, ५००० मेगाहर्ज ब्याट्री तथा फाइभजी सपोर्ट गर्ने सुविधाहरु छन् । 

ग्यालेक्सी एम५२ फाइभजी एम सिरिज अन्तर्गतको पातलो स्मार्टफोन हो । यो ७.४ एमएमको रहेको छ । यस अघिका फोनहरुमा भन्दा यो फोन २१ प्रतिशत पातलो रहेको छ । नयाँ ग्यालेक्सी एम५२ मा पावर प्यक्ड शक्तिशाली स्न्यापड्रागन ७७८जी प्रोसेसरको साथ ६ एनएम चिपसेट रहेको छ । 

यसैगरी, ६जीबी प्लस १२८जीबी भेरियन्टको मूल्य ४८ हजार ९९९ तथा ८जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य ५० हजार ९९९ तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप