शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उमाकान्त चौधरीलाई मन्त्री बनाउन सिटौलाको सिफारिस

मङ्गलबार, १९ असोज २०७८, १७ : ००
मङ्गलबार, १९ असोज २०७८

काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफ्नो समूहका तर्फबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेका छन् । सिटौला निवास चण्डोलमा मंगलबार बसेको सिटौला समुहको बैठकले उमाकान्तलाई मन्त्री बनाउने निर्णय गरेको हो ।सिटौला निकट एक नेताका अनुसार सो समूहबाट नेताहरु भीमसेनदास प्रधान र चौधरीले मन्त्री बन्ने चाहाना राखेपनि सिटौलाको रोजाइमा चौधरी परेका हुन् ।

मंगलबार सत्तारुढ दलका शीर्ष नेताबीच मन्त्रालय भागबण्डामा मोटामोटी सहमति जुटेपछि सिटौलाले पनि आफ्नो समूहबाट मन्त्री हुने नेताको टुंगो लगाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप