नेप्सेमा ४१ अंकको सुधार, कारोबार २ अर्ब ९९ करोडमा खुम्चियो
लामो समय पछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४१ अंकमाथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्सका अनुसार आज नेप्से परिसूचक अधिकतम ४१.८४ अंकले वृद्धि हुँदै २६ सय १२.६५ विन्दुमा उक्लिएको हो । गत सोमबार नेप्से ६ अंकले घटेर २५ सय ७० विन्दुमा झर्न पुगेको थियो ।
त्यसो त यस दिन सबैजसो उपसमूहहरु धनात्मक हुँदा ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ७.०४ अंकले वृद्धि भएर ४९२.०२ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
यद्यपी, समग्रमा यस दिन अधिकतम ४१ अंकले बढेको बजारमा कारोबार भने दुई अर्बको रेन्जमा नै सीमित हुन पुगेको छ । नेप्सेका अनुसार आज कुल २२३ कम्पनीको ५ करोड ८४ लाख कित्ता माथिको सेयर बजारमा ४१ हजार पटक किनबेच हुँदा जम्मा २ अर्ब ९९ करोड ६८ लाखको मात्र कारोबार भएको छ ।
यस दिन सबैभन्दा बढी वाणिज्य बैंकहरुको अधिकतम ६१ करोड ३ लाख ४९ हजार माथिको कारोबार भएको छ भने सबैभन्दा कम कर्पोरेट डिभेन्चरको ४ लाख ४२ हजार ९७६ रुपैयाँ बराबरको ४३५ कित्ता सेयर कारोबार भएको छ ।
आज तीन वटा कम्पनीले अधिकतम १० प्रतिशतले नाफा कमाएका छन् भने एक कम्पनीले १० प्रतिशतले नै गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले भूमाफियाबाट प्रभावित भएर अध्यादेश ल्यायो : नेकपा (माले)
-
ललितपुर महानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने योजनामा अघि बढिसक्यो : प्रमुख महर्जन
-
रोकिएका परियोजनालाई गति दिन कांग्रेसले दियो मन्त्रीहरूलाई निर्देशन
-
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ प्रक्रिया सुरु
-
एमालेसँग सहमतिअनुसार काम गर्न मन्त्रीहरुलाई देउवाको निर्देशन
-
‘गैरआवासीय नेपालीले राजनीतिक बाहेक सबै अधिकार पाउने सुनिश्चित हुनुपर्छ’