क–कसले जिते नेपाल वेष्ट म्युजिक अवार्ड ? (नामावलीसहित)
‘नेपालको शान, संगीतको पहिचान भन्ने मुल नारा’लाई आत्मसात गर्दै ‘नेपाल वेष्ट म्युजिक अवार्ड ०२१’ आयोजना भएको छ । चन्द्रागिरी हिल्स रिसोर्टमा सोमबार अबेर सम्पन्न अवार्डमा थुप्रै कलाकर्मीले अवार्ड तथा पुरस्कार प्राप्त गरेका छन् । तुल्सी मिडियाको आयोजनामा पहिलो पटक आयोजित अवार्डमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरि, उद्योग बाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल, कलाकार निर्देशक कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, पुर्व बोर्ड अध्यक्ष राज कुमार राई, निर्देशक मिलन चाम्स लगायतले अवार्ड तथा सम्मानितलाई पुरस्कार बितरण गरेका थिए ।
अवार्ड ३५ विधामा अवार्ड बाँडिएको कार्यक्रममा पत्रकारिता पुरस्कार समेत वितरण गरिएको थियो । गीत संगीत र त्यसका श्रेष्ठलाई सम्मान र हौसला पुर्याउने उद्देश्यले अवार्ड आयोजना गरिएको आयोजक संस्था तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले बताए ।
पत्रकारिता पुरस्कार –२०२०
कार्यक्रममा रंग पत्रकार कुबेर गिरी, लक्ष्मण सुवेदी र रमेश बस्नेत नगद सहित ‘पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित भए । गिरीलाई ‘पत्रकारिता पुरस्कार २०२०’ अनलाईन तर्फको दिइएको थियो, भने सुवेदीले छापा र बस्नेतले रेडियो तर्फको पुरस्कार लिए ।
क–कस्ले पाए अवार्ड ?
बेस्ट भिडियो निर्देशक– विधान कार्की (नबोली नबोली)
बेस्ट भिडियो कोरियोग्राफर– सन्तोष राजबाहक (पहिलो माया)
बेस्ट भिडियो सम्पादक– धुर्बराज पराजुली ’प्रज्वलित’(
बेस्ट सिनेम्याटोग्राफर– नवराज उप्रेती (फुटेका चुरा)
बेस्ट लोक गायक– युवराज मगर (गोरखपुरे रेल)
बेस्ट लोक गायिका– अनिता चलाउने (फुटेका चुरा)
बेस्ट लोक गीत कम्पोजर–प्रभावन जे (माछी भुल्यो)
बेस्ट मोडल लोक फिमेल –अन्जली अधिकारी (उखु गुलियो)
बेस्ट मोडल लोक मेल–महेन्द्र गौतम (निस्ठुरे)
बेस्ट रचना लोक– गणेश चौलागाईं (मायाको झन्डा)
बेस्ट रचना पप– सिन्चुरी सुरेश घमाल (संगैको साथी)
बेस्ट पप सिंगर मेल – राहुल रक्स (तिमि रीसाउदा)
बेस्ट पप सिंगर फिमेल–रानी शाक्य (सालघारी
बेस्ट पप कम्पोज–नागेन्द्र श्रेष्ठ (तिमि बिना)
बेस्ट पप मोडल मेल– सुधिर श्रेष्ठ (भन के गरम)
बेस्ट पप मोडल फिमेल–रेबिका गुरुङ (बाटो को काँडा)
बेस्ट प्ले ब्याक सिंगर मेल –प्रताप दास (हर युग होस् प्रेमगीत)
बेस्ट प्ले ब्याक सिंगर फिमेल– प्रबिषा अधिकारी (हर युग होस् प्रेमगीत)
बेस्ट कम्पोजर फिल्म– अर्जुन पोखरेल (तिम्रो घरको वरपरी)
न्यु फेस सिङ्गर फिमेल–अस्मिता परियार (आकाशै को)
न्यु फेस सिङ्गर मेल–दुर्गा बिसी (झ्यालै मा)
डेब्यु मोडल मेल–डिमन क्षेत्री (तिमि रीसाउदा)
डेब्यु मोडल फिमेल –प्राची लामा (तिमि यति राम्री किन)
बेस्ट गायक आधुनिक मेल–युवराज चौलागाईं (देउता भाकी)
बेस्ट गायिका आधुनिक फिमेल–समिक्षा अधिकारी (नबोली नबोली)
बेस्ट मोडल आधुनिक मेल –दुर्गेश थापा (बहुला २)
बेस्ट मोडल आधुनिक फिमेल–पुजा शर्मा (पुरानो घाउ)
बेस्ट कम्पोज आधुनिक–सुभाष भुषाल (दोबाटोमा चौतारी)
बेस्ट लिरिक्स आधुनिक –उषा केसी पोखरेल (पैसा पैसा)
बेस्ट गीत–बिमल डाँगी÷सरिता डाँगी
पपुलर सिङ्गर मेल– प्रकाश सपुत (फुटेका चुरा)
पपुलर सिङ्गर फिमेल–मिलन नेवार (फुलबुट्टे सारी)
पपुलर म्युजिक कम्पोजर– राजनराज शिवाकोटी (फुलबुट्टे सारी)
पपुलर मोडल मेल–पल शाह (फुलबुट्टे सारी)
पपुलर मोडल फिमेल– लक्ष्मी बर्देवा (जेल पनि सहुला)
जुरी अवार्ड
बेस्ट गायक–सचिन रौनियार
बेस्ट गायिका–दुर्गा खरेल
बेस्ट गायक कमल राई
बेस्ट गायिका एलिना चौहान
बेस्ट नव गायक–आर सी सापकोटा
बेस्ट नव गायक–बिबेक चौलागाईं
बेस्ट गायक–पदम भट्टराई
बेस्ट गीतकार–महेश आचार्य
बेस्ट गायक –मंगल बिक
बेस्ट गायक–पूर्ण लिम्बु
बेस्ट मोडल–चाँदनी प्रधान
पब्लिक च्वाइस डायस्पोरा–धन किरण गुरुङ
तुलसी मिडिया बिशेष निर्देशक अवार्ड– खिल बहादुर गुरुङ
तुलसी मिडिया बिशेष कलाकार–बिरबल घले
तुलसी मिडिया भर्सटाइल अवार्ड –नरेश भट्टराई
पब्लिक च्वाइस अवार्ड–आंचल शर्मा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा सैनिक कारबाहीमा सात आतङ्ककारीको मृत्यु
-
थानीमाइमा भित्रिए फूलका ७४ डोली
-
अमेरिकामा राष्ट्रपतिका लागि मतदान सुरु
-
१२ बजे, १२ समाचार : 'अमेरिकी राष्ट्रपतिको चुनाव'देखि 'मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर र रवि अझै हिरासतमा'सम्म
-
'दसैँतिहार, चेलीलाई उपहार' अभियानमा ४१५ ले लिए यातायात सेवा
-
खानेपानीको वितरण सहज बनाउन मन्त्री यादवको निर्देशन