३३ किलो सुन प्रकरणमा सबै प्रहरीले पाए सफाइ, गोरेलाई जन्मकैद
मङ्गलबार, १९ असोज २०७८, १६ : ११

चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरी अधिकारीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले मंगलबार उक्त प्रकरणमा फैसला सुनाउँदै तस्करीका मुख्य नाइके मानिएका चूडामणि उप्रेती उर्फ गोरेसहित ६ जनालाई भने जन्मकैदको सजाय सुनाएको छ ।
न्यायाधीश भरत लम्सालको फैसलाअनुसार सो प्रकरणमा मुछिएका प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसीले सफाइ पाएका छन् । यस्तै सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्यले पनि सफाइ पाएका छन् ।
यस्तै गोरेकी श्रीमती निरू भनिने नर्बदा खरेलले सफाइ पाएकी छन् । जन्मकैद पाउनेमा भने गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह