शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकद्वारा थप ७ नयाँ शाखा विस्तार

मङ्गलबार, १९ असोज २०७८, १५ : १३
मङ्गलबार, १९ असोज २०७८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप ७ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । 

बैंकले बागमती प्रदेश अन्तर्गत काठमाडौंको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुरको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुरको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक, चितवनको बरुवा बजार स्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक सदरमुकाम साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारामा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो । 

यसैगरी, बैंकले लुम्बिनी प्रदेशमा प्युठानको सदरमुकाम मल्लरानी स्थित शाखा कार्यालय प्युठानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप