मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिकमा मूत्र र श्वासप्रश्वास रोगको निःशुल्क ओपीडी हुने

मङ्गलबार, १९ असोज २०७८, १५ : ०९
मङ्गलबार, १९ असोज २०७८

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिवार दुई फरक विज्ञहरुको टिमले निःशुल्क सेवा दिने भएको छ । 

नर्भिक अस्पतालमा रहेको यूरोलोजिष्टको टिम र श्वासप्रश्वास विशेषज्ञको टिमले निःशुल्क ओपीडी संचालन गर्ने भएको हो । 

यूरोलोजिष्टको पूरा टिम नै सहभागी भई निःशुल्क ओपीडी सेवा संचालन गरिने अस्पतालले जनाएको छ । यो टिमले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म मूत्र तथा मूत्रनलीसँग सम्बन्धित समस्या भएकाहरुको निःशुल्क जाँच गर्नेछ । 

यस्तै, बिहान १० देखि १२ बजेकै समयमा अस्पतालका छात्ती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अच्युत भक्त आचार्यले निःशुल्क ओपीडी संचालन गर्नेछन् । छात्ती तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएकाले डा. आचार्यको ओपीडी क्लिनिकमा सहभागी भएर लाभ लिन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप