शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले

मङ्गलबार, १९ असोज २०७८, १४ : ५९
मङ्गलबार, १९ असोज २०७८

अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना विस्थापित नागरिक घर फर्किएको बताइएको छ । 

ताजकिस्तानको सीमा क्षेत्रमा ती नागरिकहरु विस्थापित भएर बसेका थिए । पछिल्ला दिनहरुमा उनीहरुको घर गाउँमा अवस्था सामान्य बन्दै गएपछि उनीहरु घर फर्किएको बादखसान प्रान्तका गभर्नर माल्भी अमेनुद्दिन मन्सुरले जानकारी दिएका छन् । 

उनका अनुसार अरु पनि सो प्रान्तबाट विस्थापित भएर अफगानिस्तानका विभिन्न भूभागमा पुगेका नागरिकहरुले आफ्नो घर फर्किने तयारी गरिरहेको सूचना प्राप्त भएको छ । गत महिना भएको सत्ता विद्रोहका क्रममा भएका हिंसाका कारण यहाँका हजारौँ नागरिक घर छोडेर भागेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप