पोखरा महानगरपालिकाका प्रमुख जिसी अस्पतालबाट डिस्चार्ज
पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । गत साउन १ गते अचानक बेहोस भएर मस्तिष्काघात भएपछि उपचारका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा लगिएको थियो । उनको न्युरो अस्पतालमा साढे दुईमहिना लामो उपचारसँगै एन्जिओप्लास्टी शल्यक्रिया पछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । शल्यक्रिया पछि टाउकोमा लगाइएका टाँका खोलिएसंगै मेयर जिसीको अस्पतालबाट डिस्चार्ज भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।
मतिष्तस्कघातका कारण टाउकाको भित्री भाग सुन्निए पछि सो हड्डी बाहिर निकालेर उपचार गरिएको थियो । लामो उपचार पछि भित्री घाउ ठिक भएकाले सो हड्डी प्रत्यारोपण गरेर उनको पुनःअप्रेशन गरिएपछि जिसीलाई अस्पताले डिस्चार्ज गरेको संयोजक बरालले बताए । मेयर जिसी फिजियोथेरापी बाहेकका सबै उपचार प्रक्रिया पूरा भएकाले पोखरा आउने तयारीमा छन् । संयोजक बरालका अनुसार बिहिबार जिसी पोखरा आउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा