५ लाख नतिरेको भन्दै अपहरण, मामा–भान्जी पक्राउ

काठमाडौं । पाँच लाख नतिरेको निहुँमा पेट्रोलियम पदार्थ व्यवसायीले एकजना महिलालाई अपहरण गरेर बन्धक बनाएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ स्थित निरमान भोम्जनको डेराबाट निजको श्रीमतीलाई डर देखाएर अपहरण गरेको आरोपमा अपराध महाशाखाले भक्तपुरका धिरोज श्रेष्ठ र उनकी भाञ्जी रसिला अवाललाई पक्राउ गरेको छ । असोज १५ मा चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित डेराबाट निरमान भोम्जनकी पत्नीलाई धिरोजले अपहरण गरेर लगेर सुचना आएपछि पीडितलाई उद्दार गरिएको अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।
मध्यपुर ठिमी घर भएका धिरोजले महिलालाई चाँगुनारायण नगरपालिका स्थित सरस्वती खेलमा रहेका भान्जी नाता पर्ने रसिलाको घरमा लगेर बन्धक बनाएर राखेका थिए । प्रहरीले पीडितलाई असोज १७ मा रसिलाको घरबाट उद्दार गरेको थियो ।
धिरोज पेट्रोलियम पदार्थ व्यवसायी हुन् । उनको अफिसमा काम गर्दा निरमानले ५ लाख रुपैयाँ लगेका थिए । ट्यांकर चालक निरमानले पैसा नतिरेको र आफ्नो अफिस छाडेर सम्पर्कविहीन भएपछि सो पैसा नल्याउँदासम्म पत्नीलाई राजिखुसीमा भाञ्जिको घरमा लगेर राखेको धिरोजले प्रहरीलाई बताएका छन् ।
मामा–भाञ्जीलाई अपहरण मुद्दामा ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । भोम्जन र श्रेष्ठले स्थानीय निकायमा लेनदेनको कागज गरेको फेला परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब