जापानका नवनियुक्त प्रधानमन्त्रीलाई विश्वका नेताहरुको बधाई

जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकामा विश्वका नेताहरुले उनलाई बधाई ज्ञापन गरेका छन् । उनी सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नवनियुक्त प्रधानमन्त्री किशिदालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छन् । राष्ट्रपति पुटिनले आगामी दिनमा जापानी प्रधानमन्त्री किशिदासँग मिलेर काम गर्न आफू इच्छुक रहेको पनि बताएका छन् । साथै उनले आगामी आम निर्वाचनका लागि पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई शुभकामना दिएका छन् ।
त्यसैगरी चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई बधाई दिएका छन् । उनले नवनियुक्त प्रधानमन्त्री किशिदाको समयमा चीन जापान सम्बन्ध राम्रो रहने बताएका छन् । त्यस्तै चिनियाँ प्रधानमन्त्रीले पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई सन्देश पठाएका छन् ।
उता नवनियुक्त प्रधानमन्त्री किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी पनि थालेको बताइएको छ । उनले देशको १०० औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार पत्रकार सम्मेलनको आयोजना गरेका थिए । त्यस क्रममा उनले निर्वाचनको तयारी सुरु गर्ने घोषणा गरे ।
उनले यही अक्टोबर ३१ मा जापानमा आम निर्वाचन गराउने तयारी गरेका हुन् । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उनले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको घोषणा गरेका हुन् ।
निर्वाचन गराउने प्रयोजनकै लागि उनले यही अक्टोबर १४ मा यहाँको संसदको तल्लो सदन विघटन गर्नुहुने छ र निर्वाचनको औपचारिक सुरुआतको घोषणा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
-
झापामा सुनचाँदी र नगद चोरी
-
चार जना मृत फेला
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु