शाहरुखलाई भेट्न छोराले लिनुपर्छ अपोइन्टमेन्ट, एनसीबीको सोधपुछमा आर्यन खानको खुलासा
बलिउडका बादशाह भनिने शाहरुख खान दशकौंदेखि आफ्ना प्रशंसकलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् । शाहरुख खान आफ्नो काममा असाध्यै व्यस्त हुन्छन् । अभिनय, निर्माणका साथै उनका अन्य थुप्रै काम पनि हुन्छन् जसले उनलाई धेरैजसो व्यस्त बनाइरहेको हुन्छ । आजकाल शाहरुख खान एकैपटक थुप्रै प्रोजेक्टमा काम गरिरहेका छन् । यसैकारण उनको दैनिकी निकै टाइट हुन्छ । यस्तोमा उनका बालबच्चासमेतले पनि उनलाई भेट्न अपोइन्टमेन्ट लिुनपर्छ । यसको खुलासा अरु कोही नभई शाहरुख खानका जेठो छोरा आर्यनले गरेका हुन् ।
आर्यनले आफ्ना पिताको व्यस्ताबारे बताएः
भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचारका अनुसार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को सोधपुछमा आर्यनले आफ्ना पिताको अति व्यस्त दैनिकीबारे जानकारी दिए । स्रोतलाई उद्धृत गर्दै आजतकले दिएको जानकारी अनुसार एनसीबीको सोधपुछमा आर्यनले उनका पिता हाल एकैपटक तीन फिल्मको सुटिङ गरिरहेको बताए । आफ्नो आउँदो फिल्म पठानका लागि उनले असाध्यै मिहिनेत गरिरहेका छन् । पठानमा आफ्नो भूमिकाका लागि शाहरुखले मेकअपमा नै घण्टौं समय खर्चिनुपर्छ ।
स्रोतका अनुसार आर्यन खानले भने, ‘मेरो पापा यति व्यस्त हुन्छन् कि थुप्रै पटक उनलाई भेट्नका लागि पापाकी म्यानेजर पूजासँग अपोइन्ट लिनुपर्छ । त्यसपछि मात्रै मैले आफ्नो पापालाई भेट्न पाउँछु ।’ स्मरण रहोस्, ड्रग्स केसमा आर्यन खानलाई एनसीबीले पक्राउ गरेको छ । मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा एनसीबीले भारी मात्रामा ड्रग्स बरामद गरेको छ । एनसीबीले ड्रग्स केसमा आर्यन खानसमेत ११ जनालाई पक्राउ गरेको छ ।
सोमबार आर्यन खानलाई एनसीबीले किला कोर्टमा पेश गरेको छ । आर्यन हाल एनसीबीको हिरासतमा छन् । एनसीबीले आर्यनलाई लगातार सोधपुछ गरिरहेको छ । आर्यन ७ अक्टोबर (आउँदो बिहिबार) सम्म हिरासतमा रहनुपर्नेछ । स्रोतले बताए अनुसार आर्यन सोधपुछमा सहयोग गरिरहेका छन् । यद्यपि, यतिबेला उनी निकै चिन्तित पनि देखिए । आर्यनले आफू शौखको रुपमा लागुऔषको सेवन गर्ने गरेको स्वीकार गरेका छन् । उनका अनुसार उनी पछिल्लो चार वर्षदेखि ड्रग्सको सेवन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण