बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

यौनधन्दा चलाएको आरोपमा मूलपानीबाट १ जना महिला पक्राउ, ५ किशोरीको उद्धार

मङ्गलबार, १९ असोज २०७८, १२ : १८
मङ्गलबार, १९ असोज २०७८

काठमाडौं ।  काठमाडौंको मुलपानीबाट जबरजस्ती यौन धन्दामा लगाइएका ५ जना किशोरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले माइती नेपालसँगको समन्वयमा उद्दार गरेको छ । सोमबार किशोरीहरुलाई उद्दार गरिएको माइती नेपालका उप–निर्देशक अच्युत नेपालले रातोपाटीलाई बताए ।

यौनधन्दा चलाएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएकी सीता बुढाथोकीलाई पक्राउ गरेको छ । बुढाथोकीले मुलपानीको तिवारी टोलमा रहेको आफ्नै घरमा १५ देखी १७ वर्षका किशोरीहरुलाई ग्राहक बोलाएर यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागी महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ । आरोपीमाथि मानव बेचबिखन मुद्दामा अनुसन्धान शुरु गरिएको बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले रातोपाटीलाई बताए । किशोरीहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप