शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पेट्रोल पम्पबाट ६ लाख रुपैयाँ लुटपाट

मङ्गलबार, १९ असोज २०७८, ११ : ५६
मङ्गलबार, १९ असोज २०७८

धनुषाको विदेह नगरपालिका-७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर(पेट्रोल पम्प) मा गएराति लुटपाट भएको छ । लुटेराको समूहले  नगद ६ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ ।  
६/७ जनाको समूहमा आएका लुटेराको समूहले उक्त आयल स्टोरको ढोका फोडी आयल संचालक विदेह नगरपालिका-८ बफही बस्ने ४० वर्षीय शम्भु साहलाई कुटपिट गरी काउण्टरमा रहेको उक्त नगद लुटी फरार भएको बताइएको छ । 
उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिद्दा एवं सिमानाकाहरुमा पर्ने प्रहरी इकाईहरुबाट खटिएको प्रहरीले  लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप