न्यादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?
न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन । कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिने समय सीमा आज मंगलबार सकिदैछ । यद्यपि, आईपीओ निष्काशन बन्द हुने अघिल्लो दिनसम्ममा नै माग गरेभन्दा तीब्र संख्यामा आवेदन परिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता आईपीओ मध्ये कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि कम्पनीले छुट्याइएको छ भने, बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका छुट्याएको छ ।
इच्छुक लगानीकर्ताले कम्पनीको आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन प्लेटफर्म मेरो सेयर सहित सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ । कम्पनीको सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएका परियोजनालाई गति दिन कांग्रेसले दियो मन्त्रीहरूलाई निर्देशन
-
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ प्रक्रिया सुरु
-
एमालेसँग सहमतिअनुसार काम गर्न मन्त्रीहरुलाई देउवाको निर्देशन
-
‘गैरआवासीय नेपालीले राजनीतिक बाहेक सबै अधिकार पाउने सुनिश्चित हुनुपर्छ’
-
डा.शेखरले बेलायतमा उठाए भूपू गोर्खा सैनिकका समस्या
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लेखक