त्रिभुवन विमानस्थलको धावनमार्गबाट श्री एयरलाइन्सको जहाज चिप्लियो
मङ्गलबार, १९ असोज २०७८, २१ : ००

काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको छ । जहाजको पछाडिको चक्का चिप्लिएर घाँसे मैदानमा पुगेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।
‘अल्फा नोभेम्बर फोस्टर’ कलसाईन भएको जहाजको पछाडिको चक्का घाँसे मैदानमा ओभरल्याप भएको छ । 9NANF Call sign भएको Q400-8 जहाजमा ७६ जना यात्रु नेपालगञ्ज जान लागेका थिए । विमानमा चालक दलका चार सदस्य थिए । यात्रुलाई अर्को जहाजमा पठाइएको विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले रातोपाटीलाई बताए ।