उकालो लाग्यो अमेरिकी डलर, नेपाली मुद्रा कमजोर बन्दै
नेपाली मुद्राको तुलनामा फेरि अमेरिकी डलर बलियो बन्न थालेको छ । हिजोसम्म एक अमेरिकी डलरको विनिमयदर ११८.८९ रहेको थियो । आज बढेर एक डलरको बिक्री दर ११९.२० रुपैयाँ पुगेको छ । यस्तै, आज डलरको खरिद दर ११८.६० रुपैयाँ तोकिएको छ । यसका साथै, एक यूरोको बिक्री १३८.६१ र खरिद १३७.९१ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
एक पाउण्डको बिक्री १६१.९६ रुपैयाँ हुँदा १६१.१४ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, ८६.७२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद दर ८६.२९ रुपैयाँ तोकिएको छ ।
यता एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री ८७.८२ रुपैयाँमा हुँदा ८७.३८ रुपैयाँमा बिक्री भइरहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, १० जापानी येनको बिक्री १०.७१ रुपैयाँमा हुँदा खरिद १०.६६ रुपैयाँमा भइरहेको छ ।
चिनियाँ युवानको बिक्री १८.४९ रुपैयाँ तथा खरिद १८.४० रुपैयाँ र साउदी रियालको बिक्री ३१.७८ र खरिद ३१.६२ रुपैयाँमा भइरहेको छ । यस्तै, कतारी रियालको बिक्री ३२.७४ र खरिद ३२.५७ रुपैयाँ तथा संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.४५ र खरिद ३२.२९ रुपैयाँ तोकिएको छ ।
यसका साथै, मलेसियन रिंगटको बिक्री २८.५६ र खरिद दर २८.४१ रुपैयाँ ताथा १०० कोरियन वनको बिक्री १०.०९ र खरिद १०.०४ रुपैयाँमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकामा लोकसेवा तयारी कक्षा सुरु
-
ताइवानको संसदमा मुक्का हानाहान, पाँच सांसद अस्पताल भर्ना
-
विकट चेपाङ बस्तीमा पुग्यो बिजुली
-
अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छः मन्त्री श्रेष्ठ
-
टुट्न लागेको हो बेन एफ्लेक र जेनिफर लोपेजको जोडी ?
-
नर्स विधि लम्साल ‘मिस नेपाल पिस–२०२४’ घोषित