बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फेसबुक डाउन हुँदा मार्क जुकरबर्गको ७ खर्ब डुब्यो, अर्बपतीको सूचीबाट ओर्लिए

मङ्गलबार, १९ असोज २०७८, १० : १७
मङ्गलबार, १९ असोज २०७८

फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई व्यक्तिगत रुपमा भारी नोक्सानी पुगेको छ । केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर (७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् ।

स्मरण रहोस्, नेपाली समयानुसार सोमबार राती करिब १० बजेतिर संसारभरी फेसबुकका सबै सेवा डाउन भएको थियो । फेसबुकका विभिन्न सेवाका साथै इन्स्टाग्राम, ह्वाट्सएप, अमेरिकी टेलिकम कम्पनी जस्तै भेरिजोन,At&t र टी मोबाइलको सेवा घण्टौंसम्म ठप्प रह्यो ।

 


सेयरमा पाँच प्रतिशतको गिरावटः

यी सबका बीच अमेरिकी सेयर बजारमा फेसबुकको सेयरको बिक्रि सुरु भयो र एकैदिनमा यसको मूल्यमा पाँच प्रतिशतको गिरावट आयो । मध्य सेप्टेम्बरदेखि हालसम्म यो सेयर १५ प्रतिशतसम्म खस्किसकेको छ ।

धनाढ्यको सूचीमा छैटौं स्थानमाः

ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार यसका कारण जुकरबर्गको कूल सम्पत्ति घटेर ११६.८ बिलियन डलर भएको छ ।  योसँगै उनी छैटौं स्थानमा पुगेका छन् । यसअघि उनी यो सूचीको चौथो स्थानमा थिए ।

करिब ६ घण्टाको अवरोधपछि बिहान करिब चार बजे आसपास फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपका सेवा सुचारु हुन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप