शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता अनुपम खेर पशुपतिनाथ मन्दिरमा

मङ्गलबार, १९ असोज २०७८, ०९ : ५०
मङ्गलबार, १९ असोज २०७८

काठमाडौं । बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले मंगलबार बिहान पशुपति नाथको मन्दिर गरेको गरेको भिडियो सार्वजनिक गरेका हुन् । 

 

खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य महसुस गरेको बताएका छन् । उनले सबैको सबैको सुस्वास्थ्य र शान्तिको कामना गर्दै, “काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु । मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । म धेरै खुसी छु,” उनले भनेका छन् ।

उनी फिल्म ‘उचाई’ को सुटिङका लागि बोमन इरानी, परिणिती चोपडासहित काठमाडौँ आएका हुन् । 

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप