बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘रत्नपार्क’मा र्‍यापर भिटेन

मङ्गलबार, १९ असोज २०७८, ०९ : ४०
मङ्गलबार, १९ असोज २०७८

र्‍यापर भिटेन पनि फिल्मको हिरो बन्ने भएका छन् । बुढासुब्बा डिजिटलले निर्माण गरिरहेको फिल्म ‘रत्नपार्क’मा उनी हिरोको रुपमा देखिन लागेका हुन् । बुढासुब्बाका सञ्चालक नवराज गिरीले आफुले बनाउने फिल्म ‘रत्नपार्क’ भिटेनलाई हिरोको रुपमा प्रस्तुत गर्न लागेको बताए ।

‘‘रत्नपार्क’को कथामा भिटेन बाहेकका हिरो सुहाउँदैन । त्यसैले उनी छानिएका हुन्’ गिरीले भने ‘फिल्मको केही भाग छायाँकन भएको छ । भिटेनको पाटो छायांकनका लागि जाडो मौसम आवश्यक रहेकोले हामी मंसिर, पुसको पर्खाइमा छौ ।’ फिल्ममा आफु मुख्य भिलेनको रुपमा देखिन लागेको समेत गिरीले सुनाए । ‘मेरो केही अगाडि लामो कपाल र दारी देख्नु भएको थियो नि । त्यो यो फिल्मको गेटअप हो’ गिरीले थपे ‘मेरो पाटोको छायाँकन सकिएकोले दाही र कपालले अहिले काटे ।’

फिल्मको लेखन समेत निर्माता गिरीले गरेका हुन् । फिल्मको कथा आफ्नो जीवनसँगसम्म पनि केही सम्बन्धित रहेकोले आफैले लेखेको जानकारी दिएका गिरीले भिटेनले फिल्मका लागि १८ लाख पारिश्रमिक लिएको सुनाए । भिटेनले भने फिल्मको बिषयमा आधिकारीक धारण सार्वजनिक गरेका छैनन् ।

ओटीटी प्लेटफर्म, चलचित्र घर र टेलिभिजनमा रिलिज गर्ने उदेश्यले निर्माण हुन लागेको यो फिल्म लफडामा पनि पर्न सक्ने डर निर्माता गिरीलाई छ । कारण खुलाउँदै भने, ‘फिल्मको स्क्रिप्टमा अश्लिल शब्दको अत्यधिक प्रयोग भएको छ ।’

सधै अरुले निर्माण गरेको फिल्म किन्दै आएको बुढासुब्बाले अहिले ७ फिल्म निर्माण घोषणा गरेको छ । त्यसमध्ये एउटामा भिटेन छानिएका हुन् । सात वटै फिल्म क्रममा बनाउने बुढासुब्बाको सोच रहेको छ । अहिले छायांकन नै नभएको फिल्मले समेत डिजिटल राइट बिक्रि गरेर बुढासुब्बासम्म ६ करोड लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप