अस्पतालमा कार्यरत एक कर्मचारी मृत फेला

person explore access_timeअसोज १८, २०७८ chat_bubble_outline0

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत एक कर्मचारी आफ्नै काठोमा आज मृतावस्थामा भेटिएका छन् । प्रहरीका अनुसार सप्तरीको राजविराज नगरपालिका–२ की २६ वर्षीया रुवीकुमारी साफीलाई आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएको छ  ।


एक वर्षअघि रुवीका पति अस्पतालको फार्मेसीमा कार्यरत राजन साफीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । फार्मेसीमा कार्यरत पतिको मृत्यु भएपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिरसमेत दिएको थियोे । 



स्थानीयवासीका अनुसार सासू र देवरले रुवीको तलब हात पार्न निकै प्रयास गरेपछि उनी घरेलु हिंसामा परेकी थिइन् । रूवी र राजनका दुई छोराछोरी छन् । घर झगडा सहन नसकेपछि आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।