आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पौडेल समूहका बर्मा लामा बने दोलखा काँग्रेसका सभापति

सोमबार, १८ असोज २०७८, २१ : २०
सोमबार, १८ असोज २०७८

नेपाली काँग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन्। सोमबार सम्पन्न दोस्रो चरणको मतदानमा कृष्णप्रसाद सिटौला समूहका तारा खड्कालाई पराजित गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका लामाले सभापतिमा बाजी मारेका हुन्।  

यसअघि आइतबार सम्पन्न मतदानमा सभापतिका उम्मेदवारहरूले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणको मतदानमा पहिलो भएका लामा र दोस्रो भएका खड्काबीच प्रतिस्पर्धा भएको थियो । सभापति शेरबहादुर देउवा पक्षका वर्तमान सभापति रुद्र खड्का तेस्रो र  केशव चौलागाईं चौथो भएर बाहिरिएका थिए । 

उनीहरु बाहिरिएपछि दोस्रो चरणमा भएको निर्वाचनमा १ हजार ३७३ मत खसेकोमा लामाले आठ सय ७७ मत पाएका छन् भने खड्काले ४ सय ८५ मत प्राप्त गरे । देउवा पक्षले १३ औं महाधिवेशनमा जितेको दोलखामा १४ औंमा पौडेल पक्षको नेतृत्व आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप