शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : ​जनमत पार्टीका कार्यकर्ताले घेरे मुख्यमन्त्रीको कार्यालय

सोमबार, १८ असोज २०७८, २० : २९
सोमबार, १८ असोज २०७८

प्रदेश २ मा भ्रष्टाचार बढेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ । मुख्यमन्त्रीकै कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा छापा मारेपछि जनमत पार्टीले मुख्यमन्त्रीविरुद्ध प्रदर्शन गर्दै कार्यालय घेराउ गरेको हो ।

मोटरसाइकल जुलुससहित मुख्यमन्त्री कार्यालय घेराउ गर्नका लागि पुगेका कार्यकर्ताले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउअघि जनकपुरधाम नगर परिक्रमा गरेका थिए ।

उनीहरुले जनकपुरधाम उपमहानगरपालिकामा समेत तोडफोड गर्नुका साथै तालाबन्दी गरेका छन् । विभिन्न माग राख्दै जनकपुरधाम उपमहानगरपालिका पुगेका जनमत पार्टीका कार्यकर्ताहरूलाई उपमहानगर परिसरमा प्रवेश गर्न नदिइएपछि कार्यकर्ताहरु तोडफोडमा उत्रिएका हुन् ।

प्रदर्शनकारीहरूले उपमहानगरपालिकामा जबर्जस्ती प्रवेश गर्न खोज्दा न्यायिक समितिमा तोडफोड गर्नुका साथै नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका छन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप