शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा ३ सय जना काँग्रेस प्रवेश, नेता लेखकले गरे स्वागत

सोमबार, १८ असोज २०७८, २० : ०९
सोमबार, १८ असोज २०७८

काठमाडौं । नेकपा एमाले, माओवादी र राप्रपा परित्याग गरि ३ सय जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन्। काँग्रेस दोधारा-चादँनी नगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले​नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट काँग्रेस प्रवेश गरेका ३०० जना नेता तथा कार्यकर्तालाई नेता लेखकले साधारण सदस्यता समेत प्रदान गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेता लेखकले नव प्रवेशीहरुलाई सम्मानजनक हिसाबले क्षमता अनुसार जिम्मेवारी दिने बताए ।

नेता लेखकले स्थिरता र विकासका लागि काँग्रेस को आवश्यकता भएकाले काँग्रेसले लोकतान्त्रिक व्यवस्था जोगाउन सरकारको नेतृत्व गरेको बताए ।

आगामी निर्वाचनमा काँग्रेसले बहुमतको सरकार बनाउने उनको दाबी छ । यता नव प्रवेशीहरुले काँग्रेसले मात्र विकास र समृद्धि ल्याउन सक्ने भएकाले पार्टी परित्याग गरि काँग्रेसमा आएको बताएका थिए । 

कम्युनिस्टहरूले जनतालाई भ्रम र  झुटको खेती मात्रै गरेको भन्दै नेकपा एमालेले जनमतको उपेक्षा गरेर देश र जनतालाई धोका दिएको उनीहरुको भनाइ थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप