बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘आइएमई पे’ 'मिस युनिभर्स नेपाल २०२१' प्रतियोगिताका लागि डिजिटल भुक्तानी साझेदार घोषणा

सोमबार, १८ असोज २०७८, १९ : ५१
सोमबार, १८ असोज २०७८

काठमाडौं । आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ । जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आइएमई पे एमयूएनयू२१ (MUNU21) डिजिटल भुक्तानी साझेदार बनेको छ ।

मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल एमयूएन ले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट शुरु गरिसकेको छ । यस बर्षको फाइनल अक्टुबर ३० मा सम्पन्न हुँदैछ भने अक्टुबर १० मा क्वार्टर फाइनल हुने प्रबन्ध रहेकाले शीर्ष ५० प्रतियोगिहरु ताजको लागि प्रतिस्पर्धा गरिरहेका छन् । 

आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहने छ । जस अन्तर्गत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एप मार्फत हुनेछ । सो एप एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएस उपकरणहरूका लागि एप स्टोरमा उपलब्ध गराइएको छ । 

डिजिटल भुक्तानी पोर्टल आइएमई पे अब फ्यानहरुले आफ्नो मनपर्ने प्रतियोगिलाई अगाडी बढाउन मद्दत गर्ने साधन बनेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप