बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलमा तीन अस्पतालका डाक्टर, नर्स र पारामेडिकल कर्मचारीलाई दिइयो प्रशिक्षक बनाउने तालिम

सोमबार, १८ असोज २०७८, १९ : १४
सोमबार, १८ असोज २०७८

विराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा पूर्वका तीन वटा अस्पतालका डाक्टर, नर्स र पारामेडिकल कर्मचारीहरुलाई प्रशिक्षक बनाउने तालिम दिइएको छ । नोबेल अस्पतालको व्यवस्थापनमा धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रले स्वास्थ्यसँग सम्बन्धित सीपमा आधारित तालिम प्रदान गर्ने प्रशिक्षक उत्पादनका लागि पाँच दिने तालिम सञ्चालन गरेको हो ।

नोबेल अस्पतालको हलमा गत बुधबारदेखि सुरु भएको सीटीएस तालिम आइतवार सम्पन्न भएको नोबेल अस्पतालका क्लिनिकल नर्सिङ्ग डाइरेक्टर प्रतिक्षा त्रिपाठीले जानकारी दिइन् । उनका अनुसार तालिममा नोबेल अस्पतालसहित, विराटनगरको कोशी अस्पताल र झापाको आम्दा अस्पतालका ११ जना स्वास्थ्यकर्मीहरु सहभागि थिए । उनीहरुलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका प्रशिक्षक डा.ईश्वर प्रसाद उपाध्याय, माधव भुसाल, टिका रावत र रानु राउतले प्रशिक्षण दिएका छन् ।

तालिममा सहभागीहरुलाई दक्ष प्रसुतिकर्मी र ग्रामीण अल्ट्रासाउण्ड सम्बन्धि तालिमका लागि प्रशिक्षक बनाउन प्रशिक्षण दिइएको तालिम केन्द्रका जनस्वास्थ्य निरीक्षक विनोद खनालले जानकारी दिए । यो तालिममा सहभागि भएकाहरु यसअघि दक्ष प्रसुतिकर्मी तालिममा सहभागि भएका थिए । अब, अन्य दुई वटा तालिममा सह–प्रशिक्षकको भूमिका निर्वाह गरेपछि उनीहरु प्रशिक्षक बन्ने तालिम केन्द्रले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप