ग्लोकल आफ्टर स्कुलले ल्यायो दसैं अफर, दसैँमा दक्षिणा सिकाइ

काठमाडौं । दसैँ तथा तिहारको उपलक्ष्यमा ग्लोकल आफ्टर स्कुलले नयाँ र आर्कषक अफर ल्याएको छ ।
आफ्टर स्कुलले रेकर्ड गरिएका पाठ्यक्रमहरुमा आवेदन खोलेको छ जसमा रुचि राख्ने शिक्षार्थीहरुको लागी रोचक अफरहरुको घोषणा गरेको छ । रेकर्ड गरिएका पाठ्यक्रमहरु उनीहरु आफ्नै गतिमा सिक्न सक्छन् ।
दसैँ दक्षिणामा सिकाइ’ भन्ने नाराका साथ ग्लोकल आफ्टर स्कुलले दसैँ अफर ल्याएको हो । यो अफर नोभेम्बर १० सम्मका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
अफर अन्तर्गत, रेकर्ड कोर्सहरुमा १०% छुट, एक भाग्यशाली विजेता टर्की एयरलाइन्सको माध्यमबाट कुनैपनि देशमा निःशुल्क राउन्ड ट्रिप टिकट प्राप्त गर्न सक्नेछ । इ सेवामार्फत रजिस्टर्ड गर्ने २०० जनाका लागि २०% क्यास ब्याकको सुविधा छ । एक भाग्यशाली व्यक्तिलाई सिद्धार्थ होटलमा नाइट स्टे, एक भाग्यशाली व्यक्तिलाई कोजी होम बी एन्ड बीमा नाइट स्टेको अवसर पाइने ग्लोकलले जनाएको छ ।
ग्लोकल शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो । बिगत लामो समय देखि युवाहरुको सीप विकास गर्न र आफ्नो रुची भएको बिषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरू आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ ।
ग्लोकल आफ्टर स्कूलले ‘ह्वाइल आइसोलेटेड, लेट्स गेट स्किल्ड’ भन्ने नाराका साथ अनलाइन पाठ्यक्रमहरू शुरु गरेको थियो । ग्लोकल आफ्टर स्कुलमा हालसम्म १० हजार प्लस विद्यार्थी भर्ना भएका छन भने ६० प्लस प्रशिक्षकहरु आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे