आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निधि–कोइराला–सिंहबीच भेटवार्ता, सत्तारुढ गठबन्धनको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष

मन्त्रिपरिषदलाई तत्काल पूर्णता दिन आग्रह
सोमबार, १८ असोज २०७८, १८ : ००
सोमबार, १८ असोज २०७८

सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष तहका नेताहरुले मन्त्रिपरिषदलाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका छन् । काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दवाव दिएका हुन् । 
 उपसभापति निधिको नयाँ बानेश्वरस्थित निवासमा सोमबार बसेको तीन नेताहरुको बैठकले सत्तारुढ गठबन्धन दलका नेताहरुलाई पनि विभिन्न कारण देखाएर मन्त्रिपरिषदलाई पूर्णता दिने काममा ढिलाई नगर्न सचेत गराएका छन् । 

सरकार र गठबन्धन दलको विश्वसनीयतामाथि नै प्रश्न उठी सकेकाले छिटोभन्दा छिटो मन्त्रिपरिषदलाई पूर्णता दिन सरकारलाई आग्रह गरिएको उपसभापति निधिले जानकारी दिए । 

नेताहरुबीच १४ औं महाधिवेशनमा पार्टी पदाधिकारीहरूमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु भएको छ । त्यसैगरी बैठकले क्रियाशील सदस्यतासम्बन्धी बाँकि ४ जिल्लाको विवाद छिटो टुंगो लगाएर पार्टीको वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन समयमै सक्न पनि पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेको छ । पार्टीको १४ औं महाधिवेशनमा साझा धारणा बनाएर जाने र पदाधिकारीमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु गरिएको उपसभापति निधिले जानकारी दिए । 

नेपाली काँग्रेसको बारा, रौतहट, सप्तरी र रसुवा जिल्लामा अझै पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लागेको छैन । त्यसमा पनि नेताहरुले चिन्ता व्यक्त गरेका छन । पार्टीको महाधिवेशन नै प्रभावित हुने गरी अझै क्रियाशिल सदस्यता सम्बन्धि विवाद टुंगो लागि नसकेकोमा पनि आफूहरुले चिन्ता व्यक्त गर्दै छिटो टुंगो लगाउन नेतृत्वको ध्यानाकर्षण गराइएको उपसभापति निधिले बताए । 

 निधिले पार्टीको आसन्न १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने महामन्त्री कोइराला र नेता सिंहले पनि सभापति बन्ने आकांक्षा राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप