बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

सोमबार, १८ असोज २०७८, १७ : ४७
सोमबार, १८ असोज २०७८

गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ७१७ जनामा गरिएको नमूना परीक्षणमा ११२ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ६३ महिला ४९ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।

उनकाअनुसार कास्की ७०,बागलुङ ३, स्याङ्जा १२, म्याग्दी १, तनहुँ १० र नवलपरासी पूर्वमा ५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५ हजार ९८८ पुगेको छ ।  गण्डकीमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा– २२ का ५६ वर्षीय पुरुष, कास्की माछापुच्छ्रे गाउँपालिका –४ का ६४ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिका –५ का ७२ वर्षीय पुरुष, स्याङजा विरुवा– ७ का ४५ वर्षीय पुरुष र म्याग्दी धौलागिरि गाउँपालिका –३ का ७६ वर्षीय पुरुष रहेका छन् । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३७१ पुगेको छ । 

प्रदेशमा पछिल्लो चौबिस घण्टामा २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८३ हजार ५५८ पुगेको छ ।   त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ५९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप