शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

शुक्रबारदेखि खाद्यको खसीबोका बिक्री सुरु

सोमबार, १८ असोज २०७८, १७ : ३५
सोमबार, १८ असोज २०७८

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबार (असोज २२) देखि खसीबोकाको बिक्री वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दसैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजार वटा खसीबोका र एक हजार वटा च्याङ्‍ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै विक्रि वितरण गर्न लागेको हो । 

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङ्‍ग्रा बिक्री गर्दै आएको छ । तर, यस बर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा विक्रि वितरण नगर्ने बताएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी प्रमुख सूचना अधिकृत शर्मिला न्यौपानेले​ घटस्थापनाको भोलीपल्ट देखि अर्थात असोज २२ गतेदेखि राजधानीमा खसीबोका विक्रि वितरण सुरु गर्ने जानकारी दिइन् । 
 कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौडाबाट १२ सय वटा खसीबोका ल्याउने तयारी गरेको पनि उनले जानकारी दिइन् । कम्पनीले विगतमा नीजि क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रति किलो १० रुपैयाँ मूल्य घटाएर खसि बोका विक्रि गर्ने न्यौपानेले जानकारी दिइन् । 

कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैं यसपटक पनि खसीबोका बिक्री गर्न लागेको बताएको छ । दशैँका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप