आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा १ हजार जना निको हुँदा १०३० संक्रमित थपिए

सोमबार, १८ असोज २०७८, १७ : २३
सोमबार, १८ असोज २०७८

बितेको २४ घण्टामा देशभर १०३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  यस्तै बितेको २४ घण्टामा थप १० जनाले ज्यान गुमाएका छन् । 

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १७४ पुगेको छ । यस्तै हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा कुल ७ लाख ९८ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ । 

संक्रमितमध्ये हालसम्म ७ लाख ७० हजार २२४ जना निको भएका छन् । हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप