आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

पेगम्बर मोहम्मदको विवादित कार्टुन बनाउने लार्सको सडक दुर्घटनामा मृत्यु

सोमबार, १८ असोज २०७८, १७ : ०५
सोमबार, १८ असोज २०७८

स्वीडेनका कलाकार लार्स विल्क्सको सडक दुर्घटनामा मृत्यु भएको छ । उनी एक विवादित कार्टुनका लागि संसारभरी चर्चामा आएका थिए । उक्त कार्टुनमा उनले एउटा कुकुरको शरीर बनाएका थिए र त्यसमा पेगम्बर मोहम्म्दको टाउको राखिदिएका थिए । दुर्घटनासँग सम्बन्धित रिपोर्टका अनुसार विल्क्स एक प्रहरीको गाडीमा सवार थिए  । उक्त गाडी स्वीडेनको मारकरद शहरमा एउटा ट्रकसँग ठोक्किएको थियो ।

उक्त दुर्घटनामा दुई प्रहरी अधिकारीको पनि निधन भएको छ । यस्तै, ट्रकका चालक पनि घाइते भएका छन् ।​ विल्क्स ७५ वर्षका थिए । पेगम्बर मोहम्मदको कार्टुन बनाएपछि उनलाई असाध्यै धम्की दिइएको थियो, त्यसैकारण उनलाई प्रहरीले सुरक्षा दिएको थियो । उनलाई प्रहरी सुरक्षा दिइएका कारण मुसलमान रुष्ट भएका थिए ।

विल्क्सको मृत्युको विषयमा प्रहरीले एउटा बयान जारी गरेको छ । यसमा दुर्घटना कसरी भयो भन्नेबारे विस्तृत जानकारी पाउन नसकिएको बताइएको छ । प्रहरीका अनुसार सुरुवाती अनुसन्धानमा यसमा कुनै अन्यको भूमिका नभएको जस्तो देखिन्छ ।प्रहरीका एक प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई भने, ‘यो मामिलालाई कुनै अन्य सडक दुर्घटनाजस्तै अनुसन्धान भइरहेको छ । यसमा दुई प्रहरी अधिकारीको पनि मृत्यु भएको छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप