बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

आर्यन खान : बलिउडमा ड्रग्सको कहानी किन बाहिरिँदैनन् ?

सोमबार, १८ असोज २०७८, १६ : ५२
सोमबार, १८ असोज २०७८

भारतीय फिल्मी दुनियाँमा एकपटक पुनः ड्रग्सको चर्चा छ । यद्यपि, यसपटक यसमा कुनै स्टारको प्रत्यक्ष संलग्नता नभई बलिउडका बादशाह भनिने शाहरुख खानका छोरा आर्यन खानको नाम सार्वजनिक भएको छ ।वास्तवमा एनसीबीले शनिबार मध्य रातमा मुम्बईमा एक क्रुजमा छापा मारेको थियो ।

एनसीबीले यो मामिलामा आर्यन खानसमेत आठजनालाई हिरासतमा लिएको थियो जसमा आर्यनसमेत तीनजनालाई पक्राउ गरिएको थियो र सबैलाई एक दिनको एनसीपीको रिमान्डमा पठाइएको थियो ।नारकोटिक्स कन्ट्रोल ब्यूरोले गरेको सोधपुछमा आर्यनले आफू पछिल्लो चार वर्षदेखि लागुऔषधको सेवन गरिरहेको खुलासा गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

मुम्बई क्रुज पार्टी मामिलामा आर्यन खानको जमानतको विषयमा मुम्बईको किला कोर्टमा सुनुवाई चलिरहेको छ । आर्यनका वकिल सतिश मानशिन्देले उनलाई मेसेजको च्याटको आधारमा पक्राउ गरिएका कारण उनलाई जमानतमा रिहा गर्नुपर्ने माग राखेका छन् ।​आर्यनसँगै अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई आइतबार एक दिनको एनसीबीको रिमान्डमा पठाइएको थियो र आज उनीहरुको जमानत याचिकामा सुनुवाई जारी छ ।

आइतबार जमानतको माग गर्दै मानशिन्देले भनेका थिए, ‘आर्यन पार्टीमा आफैं गएका थिएनन्, उनलाई पार्टीमा बोलाइएको थियो । आर्यनसँग टिकट पनि थिएन न नै एनसीबीले आर्यनको ब्यागमा केही भेटेका थिए ।’

यता एनसीबीले पनि अभियुक्तको मोबाइलमा लागुऔषध सम्बन्धि च्याट पाएको त्यसैले उनलाई हिरासतमा लिएर सोधपुछ गर्न आवश्यक भएको बताएको छ । सबै अभियुक्त एक–अर्कासँग सम्पर्कमा थिए । त्यसैले एनसीबीले तीनैजनालाई मंगलबारसम्म हिरासतमा राख्न माग गरेको थियो ।

आर्यन अघि बलिउडमा ड्रग्सको कहानीः

फिल्म अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान नशाको अँध्यारो दुनियाँसम्म पुगेको थियो । ड्रग्स मामिलामा पहिला रिया चक्रवर्तीका भाइ शोविक चक्रवर्ती र पछि रिया आफैं पनि जेल पुगेकी थिइन् ।

रिया चक्रवर्तीविरुद्ध अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा पनि एफआईआर दर्ता छ । यसको हाल अनुसन्धान चलिरहेको छ ।

एनसीबीका साथै फिल्मी उद्योगमा पनि यसबारे निकै चर्चा थियो ।

राज्य सभामा समाजवादी पार्टीकी सांसद जया बच्चनले शून्य कालका बेला केही मानिसका कारण पूरा इन्डष्ट्रिको छवि खराब गर्न नसकिने बताएकी थिइन् ।

नशाको कुरा निस्किएपछि कंगना रनौतले पनि बलिउडका ९९ प्रतिशतले नशालु पदार्थको सेवन गर्ने बताएकी थिइन् । यता रबिना टन्डनले भने कंगनामाथि कटाक्ष गर्दै केही कुहिएका स्याउले अरु स्याउलाई कुहाउन नसक्ने बताएकी थिइन् ।

कंगनाको आरोपः

अभिनेत्री कंगना रनौतले ९९ प्रतिशत बलिउडकर्मी लागुऔषधका अम्मली भएको भन्दै आरोप लगाएकी थिइन् । तर मुम्बई प्रहरीले कंगनामाथि पनि अनुसन्धान गरिरहेको छ किनभने कंगनाका कुनै बेलाका निकै मिल्ने साथी अध्ययन सुमनको एउटा पुरानो बयान पुनः चर्चामा छ जसमा उनले कंगनाले जबरजस्ती उनलाई ड्रग्स दिने गरेको कोसिस गर्ने गरेको बताएका थिए ।

यहाँसम्म कि कंगनाको इन्स्टाग्राममा एउटा भिडियो पनि भाइरल भएको छ जसमा कंगना आफैंले आफूले ड्रग्स लिने गरेको बताएकी थिइन् ।

यी सबैका बीच यस्ता रिपोर्ट पनि सार्वजनिक भइरहेका छन् जसमा एनसीबीमाथि निगरानी भइरहेको बताइएको छ ।

यद्यपि, एनसीबीका सह–निर्देशक केपीएस मल्होत्राले भनेका थिए, ‘ हामीहरु यसबारे अनुसन्धान गरिरहेका छौं । अनुसन्धानमा केही मानिसहरुको नाम सार्वजनिक भएको छ । मिडियामा ती नामबारे जे जति कुराहरु आइरहेका छन्, ती सबै अनुमान हुन् । तर जो जतिको नाम आइरहेको छ, उनीहरु सबैमाथि अनुसन्धान भइरहेको छ । त्यसैले पनि उनीहरुलाई सार्वजनिक गर्न सकिँदैन ।’

शर्लिन चोपडाको दाबीः

यद्यपि, अभिनेत्री शर्लिन चोपडाले बलिउडमा ड्रग्सको प्रयोग हुने कुरालाई स्वीकार गर्दै कंगना रनौतले झैं आरोप लगाएकी छिन् । उनले भनिन्, ‘मलाई विश्वास गर्नु हुन्छ भने बलिउडमा पाँच प्रतिशत मानिस मात्रै यस्तो छन् जसले नशाको सेवन गर्दैनन् ।’

शर्लिन चोपडाको यो दाबी सनसनीपूणर््ा लाग्छ किनभने अहिलेसम्म कुनै आधिकारिक अनुसन्धानमा बलिउड सेलिब्रिटीबीच ड्रग सेवनको व्यापक चलनकामे कुरा सार्वजनिक हुँदैनन् ।

तर शर्लिनले भने, ‘सुरुमा फिल्म निर्माताले मलाई पार्टीमा बोलाउँथे । त्यतिबेला मलाई यस्तो लाग्थ्यो कि त्यहाँ जाँदा नेटवर्किङ हुन्छ, धेरै मानिस चिनिन्छ जसका कारण काम पाउन सजिलो हुन्छ । तर मैले बलिउड पार्टीमा नेटवर्किङ कम र नशा बढी हुन्छ भनेर थाहा पाएँ तब मैले यस्तो पार्टीमा जानै छोडिदिएँ ।’

एनसीबीका सह–निर्देशक केपीएस मल्होत्राले लुकीलुकी ड्रग्सको सेवन गर्ने गरेको बारे पहिले पनि ऊजुरी पाउने गरिन्थ्यो । उनले भने, ‘एकपटक जब यी कुरा सार्वजनिक हुन्छन्, एजेन्सीको हातमा यस्ता मामिला आउँछन् तब एजेन्सीले अनुसन्धान गर्छ । जस्तै कि यो घटनामा भइरहेको छ । अनुसन्धानमा जो जतिको संलग्नता देखिन्छ, उनीहरुविरुद्ध कारवाही हुनेछ ।’

यद्यपि, शर्लिनले भने यो अनुसन्धानले खासै केही नहुने बताएकी छिन् । उनले भने, ‘एनसीबीको अनुसन्धानले पेडलर्स, डिलर्सको नाम पक्कै पनि आउनेछन् । तर यीमध्ये केही मानिस केही समयका लागि लुक्छन् पनि, जब यो घटना सेलाउँछ मानिसहरु बाहिर निस्कनेछन् र आफ्नो काममा फिर्ता हुनेछन् ।’

कस्तो प्रकारको हुन्छन् मुम्बईका पार्टी ?

मुम्बईमा फिल्मी सेलिब्रिटीका पार्टी पनि विभिन्न प्रकारका हुन्छन्, जहाँ भिन्न भिन्न प्रकारका मनोरञ्जन हुन्छन् ।

कहिले फिल्मको सफलताको नाममा त कहिले मुहुर्तको नाममा पार्टीको आयोजना भइरहन्छन् । जहाँ फिल्मको टिमका साथै मिडिया पनि हुन्छन् । यस्ता पार्टीमा सेलिब्रिटीको चकाचौंध हुन्छन् र रक्सीका बोतल पनि हुन्छन् ।

तर ड्रग्स हुँदैनन् । मिडियाको उपस्थितिमा सेलिब्रिटी आफ्नो जन्मदिनको पार्टी पनि मनाउँछन् । त्यहाँ पनि त्यस्तो केही पनि हुँदैन । यस्तोमा सबैभन्दा ठूलो प्रश्न यो हो कि आखिर कस्ता पार्टीमा ड्रग्सको प्रयोग हुन्छन् त ?

वास्तवमा फिल्मी सेलिब्रिटी नीजि पार्टीको आयोजना पनि गर्छन् जहाँ मिडियालाई इन्ट्रि हुँदैन । यसबाहेक डिस्को र पबमा पनि धेरै नै पार्टी हुने गर्छन् । मुम्बईमा रेव पार्टी पनि असाध्यै धेरै हुन्छन् ।

बलिउडमा नशाको कनेक्सन कहिलेकाँही त संसारको सामू आउँछन् तर धेरैजसो मौकामा यो बाहिरिन सक्दैन ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप