आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको फेस्टिभ अफरः डाटा र भ्वाइस प्याक तथा रिचार्जमा बोनस

सोमबार, १८ असोज २०७८, १६ : ५२
सोमबार, १८ असोज २०७८

काठमाडौं । नेपाल टेलिकमले फेस्टिभ अफर सार्वजनिक गरेको छ । टेलिकमले भोली अर्थात असोज १९ गतेदेखि लागु हुने गरी विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर सार्वजनिक गरेको हो ।

उक्त अफरहरु कार्तिक २ गतेसम्म उपलब्ध हुने पनि टेलिकमले जनाएको छ । यसैगरी, महत्वपूर्ण चाडहरू तिहार, न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् ।  

डाटा प्याक अन्तर्गत २९४ मा २० जीबी डाटा १० दिनभित्र र ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ मा उपलब्ध हुनेछ । 

भ्वाइस सेवा अन्तर्गत २५ मा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० मा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५०० मा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिन्छ । 

यसैगरी अफर प्राप्त हुने अवधिमा एसएमसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप