बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रभु क्यापिटलको डबल धमाका योजना सञ्चालन

सोमबार, १८ असोज २०७८, १६ : ४१
सोमबार, १८ असोज २०७८

काठमाडौं । प्रभु क्यापिटलले दसैँ, तिहार तथा छठको अवसर पारेर डबल धमाका योजना सञ्चालन गरेको छ । यस योजना अन्तर्गत प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोली निःशुल्क सेयर बजार सम्बन्धी तालिम लिन सकिने छ ।

प्रभु क्यापिटलले दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तर्गत छनौट गरिने र १९९ मा २५ प्रतिशत टीडीएस कट्टी गरी बाँकी ग्राहकको वालेटमा फिर्ता गरिने जनाएको छ ।

साथै यसरी दैनिक छनौट भएका १० जना र भाग्यमानी ग्राहकहरुलाई प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट भएको ७० जना ग्राहकहरुलाई सेयर बजार सम्बन्धी आधारभूत तालिम प्रदान गर्नेछ ।

जसमा नेपालको सेयर बजार सम्बन्धी महत्वपूर्ण जानकारी सहित बेसिक फन्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेन्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन् । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप