६ अंकले नेप्से घट्यो, कारोबार रकम साढे ३ अर्बमा सीमित
साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म नागबेली तालमा तल माथि गरेको नेप्से अन्त्यमा घटेर बन्द भएको हो । ६ अंकको गिरावटसँगै नेप्से परिसूचक २५ सय ७० अंकमा आइपुगेको छ । यसक्रममा आज ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, ७६ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ ।
नेप्से परिसूचक घटेपनि आज चार वटा समूहमा सुधार आएको छ । लघुवित्त समूहमा ७२ अंकको सुधार आउँदा अन्य र होटल तथा टुरिजम क्षेत्रमा पनि सुधार आएको छ । यस्तै, जीवन बीमा समूहमा ५ अंकको सामान्य वृद्धि देखिएको छ । आज आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर १० प्रतिशतले बढेपछि लगानीकर्ताले प्रतिकित्ता १५४ रुपैयाँ कमाएका हुन् ।
यसपछि, मैलुङ खोला जलविद्युत, सर्पोट माइक्रोफाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । यसैगरी, आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण