शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

६ अंकले नेप्से घट्यो, कारोबार रकम साढे ३ अर्बमा सीमित

सोमबार, १८ असोज २०७८, १६ : ०४
सोमबार, १८ असोज २०७८

साताको दोस्रो कारोबार दिन  सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म नागबेली तालमा तल माथि गरेको नेप्से अन्त्यमा घटेर बन्द भएको हो । ६ अंकको गिरावटसँगै नेप्से परिसूचक २५ सय ७० अंकमा आइपुगेको छ । यसक्रममा आज ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, ७६ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ ।

नेप्से परिसूचक घटेपनि आज चार वटा समूहमा सुधार आएको छ । लघुवित्त समूहमा ७२ अंकको सुधार आउँदा अन्य र होटल तथा टुरिजम क्षेत्रमा पनि सुधार आएको छ । यस्तै, जीवन बीमा समूहमा ५ अंकको सामान्य वृद्धि देखिएको छ । आज आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर १० प्रतिशतले बढेपछि लगानीकर्ताले प्रतिकित्ता १५४ रुपैयाँ कमाएका हुन् ।

यसपछि, मैलुङ खोला जलविद्युत, सर्पोट माइक्रोफाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । यसैगरी, आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप